मंसिर ४ मा  निर्वाचनको मिति पक्कापक्की : प्रवक्ता महत

काठमाडाैं | साउन १३, २०७९

मंसिर ४ मा  निर्वाचनको मिति पक्कापक्की : प्रवक्ता महत तस्बिर फाइल

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापा गाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनले मंसिर ४ का लागि औपचारिक रुपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्।

 

‘मंसिर ४ मा त निर्वाचनको मिति पक्काकक्की छ। औपचारीक रुपमा घोषणा नै हुँदैछ,’ उनले भने। 


कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहेपनि सफलतापूर्वक सम्पन्न भएको बताए । युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पु¥याउने जिम्मेवारी रहेको उनको भनाइ थियो ।  ‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ’, उनले भने । 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्